एजेन्सी - बिहीबार कच्चा तेलको मूल्य तीन प्रतिशतल बढेर प्रति ब्यारेल ११७ डलर नाघेको छ । ब्रेन्ट क्रुड, तेल मूल्यको अन्तरराष्ट्रिय बेन्चमार्के, प्रतिब्यारल ११७।१६ डलर र क्रुड आयल ११४।४४ डलरमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय उर्जा एजेन्सीका सदस्यहरुले आपतकालीन भण्डारबाट ६० मिलियन ब्यारल तेल छोड्ने सहमति भएसँगै मूल्य बढ्न पुगेको बताइएको छ ।
रुस विश्वको एक ठूलो उर्जा उत्पादक हो । फलस्वरुप, युक्रेनमा रुसको आक्रमणको चिन्ताले तेल वा ग्याँस आपूर्ति प्रभावित हुन सक्ने त्रास लगानीकर्ताहरुमा छाएको छ ।
प्रतिक्रिया