पुरानो रेकर्ड पछ्याउँदै उकालो लाग्दै सूनको मूल्य, किन्ने भन्दा बिक्री गर्ने बढी

४ बर्ष अगाडि

काठमाडौं- सुनको मूल्य बढ्दै गएका कारण खरिद गर्ने भन्दा बिक्री गर्नेको चाप बढी देखिन थालेका छन् । 

आज बुधबार तोलामा १ हजार ९०० को वृद्धि संगै सुनको मूल्य प्रतितोलाकै १ लाख नजिक पुगेको छ ।  

रुस र युक्रेनको युद्ध जारी रहे आगामी दिनमा सुनको मूल्य अझै बढ्ने देखिन्छ । दिन प्रतिदिन पुरानो रेकर्ड पछ्याउँदै अघि बढेपछि सुन किन्ने भन्दा बिक्री गर्ने बढेका हुन् । सुनको भाउ यति धेरै बढनुको कारण रुस र युक्रेनको युद्धलाई लिने गरिएको छ । 

भाउ बढेदेखि सुन बेच्न सुरु भइसकेको छ । अहिलेकै मूल्य केही दिन कायम रहे वा बढ्दै जाने हो भने बजारले धान्नै नसक्ने गरी विक्रेता बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

उपभोग्य वस्तुमा जहिले पनि किन्ने र बेच्नेको सन्तुलन हुनुपर्छ । दुई पक्षबीच सन्तुलन भएन भने बजारमा असन्तुष्टि बढ्ने व्यवसायीको भनाइ छ । खरिदमात्र गर्ने तर बेच्न पाइएन भने व्यवसायीलाई समस्या पर्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया