आज एकैदिन १९०० ले बढ्यो सुनको मूल्य, तोलाको एक लाख नजिक

३ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य एक लाख नजिक पुगेको छ । आज बुधबार एकै दिन १ हजार ९०० रुपैयाँले सुनको मूल्य बढेको छ । हिजो मंगलबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बधबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १९०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया