सोमबार १६०० ले बढेको सुनको मूल्य आज फेरी ६०० ले ओरालो लाग्यो, कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । हिजो सोमबार प्रतितोला ९८ हजार २०० रुपैंया रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले ओरालो लागेको छ ।

हिजो सुनको मूल्य तोलामा १६०० रुपैंयाले बढेको थियो भने आज ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९७ हजार १०० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैंयाले मात्र घटेको छ । हिजो प्रतितोला १ हजार ३४० रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया