काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया