सुनको मूल्य एकैदिन १४०० सयले घट्यो, प्रतितोला कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

शुक्रबार प्रतितोला ९८ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा १४०० रुपैंयाले ओरालो लागेर प्रतितोलाको मूल्य ९६ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९६ हजार १०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलमा ४० रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २९५ रुपैंया कायम हुने महासंघले जनाएको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैंयामा कारोबार भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया