काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटको हो । हिजो प्रतितोला २५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया