रुस र युक्रेनबीचको बढ्दो तनाव : तेलको मूल्य आकाशियो,प्रतिब्यारेल १०२ डलर

३ बर्ष अगाडि

काठमाडौं- विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ ।  

रुसले युक्रेनमाथि सैन्य आक्रामण गरेसँगै कच्चा तेलको मूल्य उकालो लागेको हो। आयल प्राइस डटकमका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलर पुगेको छ। 

विश्व बजारमा आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । जब रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्यो तब एकाएक कच्चा तेलको मूल्य आकाशिएको हो। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया