एकैदिनमा तोलामा २५०० सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९९ हजारमा कारोबार

३ बर्ष अगाडि

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिनमा २५०० रुपैंयाले उकालो लागेको छ ।

हिजो अर्थात बुधबार प्रतितालो ९६ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा २५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९९ हजार पुगेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९८ हजार ५०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा एकैदिन ३५ रुपैंयाले बढेर प्रतितोलाको मूल्य १ हजार ३५५ पुगेको छ । हिजो चाँदीको मूल्य १ हजार ३२० रुपैंया रहेको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया