काठमाडौं- चालु आर्थिक वर्षको माघ महिनासम्ममा विभिन्न देशबाट साढे १२ अर्ब बढीको चाँदी आयात भएको छ ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालमा १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ३४ हजार २९५ किलो चाँदी आयात भएको हो । भन्सार विभागको हालै सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो ।
नेपालमा चाँदी चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट आउने गरेको छ ।
प्रतिक्रिया