काठमाडौं-चालु आर्थिक वर्ष २०७८७/९ को ७ महिनामा विभिन्न देशबाट २५ अर्ब बढीको सुन आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको माघ महिनासम्ममा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको हो ।
माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँ बराबरको २ हजार ८३१.५ केजी सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
यस्तै, सोही अवधीसम्ममा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँ बराबरको ८११.५ केजी सुन आयत गरेको छ ।
प्रतिक्रिया