हिजो ४०० ले घटेको सुनको मूल्य आज ठक्कै डबलले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

हिजो तोलामा ४०० रुपैंयाले ओरालो लागेर ९६ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज फेरी तोलामा ८०० रुपैंयाले बढेर प्रतितोला ९७ हजार पुगेको छ ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने तोलाको ९६ हजार ५०० रुपैंया रहने जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले उकालो लागेर प्रतितोला १ हजार ३१५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको १ हजार ३०० रुपैंया रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया