नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य आज घट्यो, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटको हो । हिजो प्रतितोला १०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया