किलोमा रु.१० ले बढ्यो कुखुराको मासुको मूल्य, कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शनिबारदेखि कुखुराको मासुको मूल्य बढाएको छ । कुखुराको मासुको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको हो ।

शनिबार देखि लागू हुने गरी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३६० रुपैयाँ कायम गरिएको छ । यसअघि बोइलर कुखुराको उपभोक्ता मूल्य ३५० रुपैयाँ रहेको थियो ।

व्यवसायीले किसानसँग किन्ने दर प्रतिकेजी २६० रुपैयाँ रहेको छ । यस अघि २५० रुपैयाँमा कारोबार भएको भाउमा प्रतिकेजी दश रुपैयाँले वृृद्धि भएको हो ।

नेपालमा हाल कुखुराको मासु तथा अण्डामा आत्मानिर्भर बनिसकेको छ । नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासुको खपत हुन्छ । जसमा ५ लाख किलो मासु उपत्यकामा नै खपत हुने  गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया