काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया