पेट्रोलको मूल्य प्रतिलिटिर १४५ रुपैयाँ पुगे पनि निगमलाई १६.५९ रुपैयाँ घाटा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य बढाए पनि घाटा रहेको जनाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको हो  । 

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँले वृद्धि गरेको निगमले जनाएको छ । समायोजित मूल्यअनुसार अब प्रतिलिटिर पेट्रोलको मूल्य १४५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । हाल कायम पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य हालसम्मकै उच्च हो ।

उक्त कायम मूल्यमा पनि अझै पेट्रोलमा १६.५९ रुपैयाँ र डिजेलमा १२.९८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यद्यपि १५ दिनमा अझै २ अर्ब १५ करोड ४३ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

मूल्यवृद्धिअघि भने निगमलाई १५ दिनमा २ अर्ब ४० करोड रुपैयाँ घाटा भएको थियो मट्टीतेलमा भने २५.०६ रुपैयाँ निगमलाई नाफा हुने देखिएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया