काठमाडौं - यो साता नेपाली बजार सुनको मूल्य १००० रुपैयाँले बढेको छ ।
गत आइतबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९६ हजार ५०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।
यस्तै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया