हिजो १६०० ले घटेको सुनको मूल्य आज हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

हिजो बुधबार प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज रुपैयाँले १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया