मंगलबार सुनको मूल्य ह्वात्तै बढ्यो,प्रतितोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

हिजो प्र्रतितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० ले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवासाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य आज ९६ हजार २०० रुपैंया रहेको छ । 

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० पुगेको छ । हिजो चाँदीको मूल्य  प्रतितोला १ हजार ३०० रुपैंया रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया