काठमाडौं - आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
हिजो आइतबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला १५०० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेकोछ । हिजो आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया