एजेन्सी - विश्व बजारमा सुनको मूल्य दैनिकजसो बढिरहेको छ । गत साताको अन्तिम कारोबार दिनमा सो बजारमा सुन प्रतिअउन्स एक हजार ८५८ डलर बराबरमा कारोबार भएको थिए । उक्त दिन सुन ३२ डलरले बढेको थियो । यो मूल्य २ महिनाकै उच्च स्तर हो ।
यसअघि नोभेम्बरमा सुन यो स्तरमा पुगेको थियो । नोभेम्बर १७ मा सुन प्रतिअउन्स एक हजार ८६६ डलरमा खरिदबिक्री भएको थियो । फेब्रुअरी ११, शुक्रबारमा सुन प्रति अउन्स एक हजार ८६५ डलरको विन्दुसम्म पुगेको थियो ।
अमेरिकामा मूल्यवृद्धि ४० वर्ष यताकै उच्च रहेको छ । यो सँगै विश्वभरका इक्विटी बजारमा गिरावट आउँदा पनि सुनमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आउँदा दिनमा थप सुनमा लगानी बढ्दा मूल्य वृद्धि हुने अनुमान गरिएको छ ।
विश्लेषकहरुका अनुसार आउँदो साता सुनको मूल्यले अर्को रेकर्ड कायम गर्न सक्छ । सुन प्रति अउन्स एक हजार ८९० डलरदेखि एक हजार ९२० डलरसम्म पुग्न सक्ने सम्भावना रहेको छ ।
२०२२ मा सुनमाथि अमेरिकी डलरको दबाब पनि कमी आउने वेल्स फोर्गोसले देखाउँछ । यस वर्ष हुने यी बृहत आर्थिक परिवर्तनहरुले सुन खरिद गर्न थप प्रोत्साहन दिने सम्भावना छ । वेल्स फार्गोका अनुसार २०२२ मा सुनको भाउ दुई हजारदेखि दुई हजार १०० डलरको बिचमा रहनेछ ।
प्रतिक्रिया