किन बढ्दैछ सुनको भाउ ?

३ बर्ष अगाडि

काठमाडौं - आज फागुन एक गते आइतबार सुनको मूल्य ह्वत्तै बढेको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो । 

अन्तिराष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालामा पनि सुनको भाउ लगातार बढ्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

युक्रेनमा चलिरहेको अमेरिका र रसिया द्धन्द्धका कारण अन्तराष्ट्रिय क्षेत्रमा लगानीकर्ताहरु शेयर बजारलाई छोडेर अन्य लगानीका विकल्पहरुको खोजिमा लागेका छन् । पछिल्लो समय ती लगानीस्कर्ताहरुको समेत सुनमा लगानी बढाउदा खरिद चाप बढेको छ । यसले गर्दा सुनको भाउ लगातार बढेको हो ।

नेपालमा सुनको भाउ अन्तिराष्ट्रिय बजारको आधारमा नै तय हुँदै आएको छ । यसले गर्दा अन्तराष्ट्रिय बजार बजारमा सुनको भाउ बढेपछि नेपालमा पनि भाउ बढेको हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया