फागुनको पहिलो दिनमै १५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

३ बर्ष अगाडि

काठमाडौं - आज फागुन एक गते आइतबार सुनको मूल्य ह्वत्तै बढेको छ । 

गत शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फागुन एक गते आइतबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया