अमेरिकामा महंगी ४० वर्षयताकै उच्च, आर्थिक सर्वेक्षणभन्दा अगाडि रिजर्व बैंक

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकामा महंगी ४० वर्ष यताकै उच्च रहेको छ । अमेरिकाको श्रम विभागको तथ्यांक अनुसार सो देशको महंगी दर ७.५ प्रतिशत रहेको छ । 

यसअघि मूल्यवृद्धि सन् १९८२ मा ७.६ प्रतिशत रहेको थियो । यद्यपि सन् २०२२ मा महंगी दर सन् १९८२ को जुनको स्तरमा पुगेको छ । उक्त दरको तुलनामा केही बढी हो ।

आर्थिक सर्वेक्षणभन्दा अगाडि रिजर्व बैंक
जनवरी ३१ मा आर्थिक सर्वेक्षणमा सन् २०२२ र २०२३ कालागि जीडिपी ८.३ प्रतिशत हुने बताइएको थियो । यद्यपि बिहीबार रिजर्ब बैंकका अनुसार यो ७.८ प्रतिशत हुने सम्भावना रहेको छ । 

अर्थात् १० दिनमा नै यो ०.५ प्रतिशतले परिवर्तन भयो । यसले अझै पनि अर्थव्यवस्थामा दबाव रहनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया