काठमाडौं-विश्वका धनाढ्यको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी ४ स्थान माथि उक्लिएका छन्।
फोर्ब्सको रियल टाइम आकँडाअनुसार २१४१ औँ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१३७ औँ स्थानमा उक्लिएका हु्न्। तर, उनको सम्पत्ति भने स्थिर देखिएको छ।
फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ।
चौधरी नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका अध्यक्ष हुन्। उनका नेपाल तथा विश्वका विभिन्न स्थानमा उद्योगहरु छन्।
चौधरी सन् २०१३ देखि नै विश्वका अर्बपतिहरुको सूचीमा परिरहेका छन् ।
प्रतिक्रिया