सुनको मूल्य ५०० ले बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ३०० ले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यकमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया