३८ करोड १० लाख नबुझाएपछि पर्यटन मन्त्री आलेले बन्द गराए ड्रिमल्याण्ड होटल, मिनी क्यासिनोको लाइसेन्स रद्द

४ बर्ष अगाडि

काठमाडौं - क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट उक्त होटल बन्द गराएका हुन् । २० भदौ ०६७ मा  मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो  ।

आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आव २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया