काठमाडौं-नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।
हिजो अर्थात मंगलबार प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ३०० रुपैंयाले बढेर प्रतितोला ९३ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९२ हजार ९०० रुपैंया कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार २८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैंया रहेको थियो ।
प्रतिक्रिया