नेपाली बजारमा ह्वत्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो सोमबारको तुलनामा आज मंगलमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो सोमबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया