जगदम्बा स्टिलले इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी

४ बर्ष अगाडि

काठमाडौं - जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । 

जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको माग विदेशमा समेत रहेकोले उत्पादन, दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यात गरिने भएको छ ।

गुणस्तरमा प्रतिबद्ध रहँदै अत्याधुनिक प्लान्टमार्फत् निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ मायाका लागि आभारी भएको कम्पनीले जनाएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा निकै गौरवान्वित भएको पनि जनाएको छ । 

यस सँगै गुणस्तरको निरन्तरताको लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ ल्याइने कम्पनीले जानकारी दिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया