काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
हिजो आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया