यो साता कति बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । 

गत प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९२ हजार ५०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको  छ । 

गत आइतबारको तुलनामा हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया