१८ करोड धेरै राजस्व छलिको आरोपमा ३६ करोड बढी माग दाबीसहित ४ जनाविरुद्ध मुद्धा दायर

४ बर्ष अगाडि

काठमाडौं - १८ करोड बढि राजस्व छलिको आरोपमा ब्रिङ मिडिया डिष्ट्रिव्यूसनका सञ्चालक सहित ४ जना विरुद्ध मुद्धा दायर भएको छ । राजस्व अनुसन्धान विभागले ३६ करोड भन्दा बढी माग दाबी गर्दै मुद्धा दायर गरेकोे हो ।

विभागले १८ करोड २६ लाख ८३ हजार ७५२ रुपैयाँ राजस्व छली गरेको अभियोगमा डिष्ट्रिव्यूसनका सञ्चालक चन्द्रबहादुर अधिकारी, भारतको आधिकारीक बिक्रेता प्रोपाइटर अन्जली अरोरा, व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री विरुद्ध गत मंगलबार उच्च अदालत पाटनमा मुद्धा दर्ता भएको हो ।

उक्त कम्पनीले देखाउनुपर्ने वास्तविक कारोबार नदेखाई र नपाउने खर्च समेत दाबी गरी मूल्य अभिवृद्धि कर तर्फ क्रेडिट दाबी र आयकर तर्फ खर्च दाबी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छली गरेको विभागले जनाएको छ ।

आयोगका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर तर्फ ६ करोड ११ लाख ५५ हजार ५१८ रुपैयाँ र लाभांश कर समेत आयाकर तर्फ १२ करोड १६ लाख २८ हजार २३७ रुपैयाँ गरीस् जम्मा १८ करोड २६ लाख ८३ हजार ७५२ रुपैयाँ छलेको खुलेपछि ३६ करोड ५५ लाख ६७ हजार ५०४ रुपैयाँ माग दाबी गर्दै मुद्धा दायर गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया