हिजो ५०० ले बढेको सुनको मूल्य आज घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो विहिबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० ले घटेको हो ।  हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार २५० रुपैयाँमा  कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया