काठमाडौं-जगदम्बा सिमेन्टले एनएस ब्राण्डमा ५७२ को प्रमाण पत्र प्राप्त गरिसकेको छ ।
जगदम्बा सिमेन्टले आफ्नो ओपिसि ब्राण्डमा नेपाल गुणस्तरबाट लागु गरिएको ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितवरण गर्न गुणस्तरका सम्पूर्ण मापदण्ड पुरा गरी नेपाल गुणस्तर तथा नाँपतौल विभागबाट एनएस ब्राण्डमा ५७२ को प्रमाण पत्र प्राप्त गरेको हो ।
साधारण पोर्टल्याण्ड सिमेन्ट(ओपसि) लाई २८ दिनमा आउने भारबहान क्षमताको आधारमा वर्गीकरण गरिन्छ ।
१. ३३ ग्रेडको ओपिसि : २८ दिनमा न्यूनतम ३३ कम्प्रेसिभ क्षमता (बल) प्राप्त हुने ओपिसि सिमेन्ट हो । यो सामान्य खालका संरचनाहरुमा प्रयोग हुन्छ, जसको भारवाहान क्षमता अहिले बजारमा पाउने पि.पि.सि र पि.एस.सि.सिमेन्ट बराबर नै हुन्छ । नेपाल गुणस्तर अनुरुप, अहिले बजारमा सिमेन्टको बोरामा आ.पि.सि मात्र लेखेको बोराहरु ३३ ग्रेड मान्यता पाएका सिमेन्टहरु छन् ।
२.४३ ग्रेडको ओपिसि : २८ दिनमा न्यूनतम ४३ कम्प्रोसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो । यो विभिन्न सामान्य देखि विशेष खालका कंक्रिट संरचना निर्माणमा प्रयोग हुन्छ । यस्ता सिमेन्ट घर,अपार्टमेन्ट,जलविद्युत, पुल,बाटो हरेक प्रकारका निर्माणमा उपयोगी हुन्छ । यसको कम्प्रेसिभ क्षमता ३ दिनमा २३ एमपिए,७ दिनमा ३३ एमपिए र २८ दिनमा ४३ एमपिए न्यूनतम रुपमा हुनुपर्दछ । अहिले बजारमा नेपाल गुणस्तर अनुरुप ४३ ग्रेडका सिमेन्टको बोरामा ४३ ग्रेड ओपिसि भनेर लेखिएको हुन्छ ।
५.५३ ग्रेडको ओपिसि : २८ दिनमा न्यूनतम ५३ कम्प्रसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो । यो विशेष संरचना, जहाँ छोटो समयमा धेरै कम्प्रेसिस क्षमता चाहिने संरचनामा प्रयोग हुन्छ । जस्तै,प्रि स्ट्रेस्ड कंक्रिट,सिमेन्ट ग्राउटस, पुल, विद्युत गृह निर्माण,वहु तल्ला भवन,कंक्रिटमा ३५ एमपिए भन्दा बढी भारवाहन क्षमता चाहिने संरचनाहरु आदि । यसमा ३ दिनमा २७,७ दिनमा ३७ र २८ दिनमा न्यूनतम ५३ एमपिए क्षमता हुनुपर्दछ । अहिले नेपाली बजारमा नेपाल गुणस्तर अनुरुप ५३ ग्रेडको सिमेन्टको बोरामा ५३ ग्रेड ओपिसि भनेर लेखिएको हुन्छ ।
यसरी ३३,४३, ५३ ग्रेडका सिमेन्ट ,यसले २८ दिनमा कुनै पनि संरचनालाई थेग्न सक्ने शक्तिको आधारमा वर्गिकरण गरिएका छन् । जति धेरै बढी ग्रेडको सिमेन्ट भयो त्यत्ति नै छोटो समयमा धेरै क्षमताको शक्ति तथा सिर्जना हुन्छ । बढी ग्रेडका सिमेन्ट प्रयोग गर्दा बढी ताप उत्पन्न हुनाले कंक्रिट्रिङ्ग संगै क्यूरिङ्ग(पानीले भिजाउने) कार्यलाई पनि विशेष ध्यान दिनु पर्छ । सिमेन्टको ग्रेड अनुरुप बजारमा मूल्य पनि फरक हुन्छन् ।
यस बाहेक जगदम्बा सिमेन्टमा अन्य उत्पादनहरु पि.पि.सि र पि.एस.सि सिमेन्टहरुले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको छ । जगदम्बा सिमेन्ट एउटा यस्तो उद्योग पनि हो, जसले नेपाल गुणस्तरबाट ३ चोटी लगातार आफ्ना उत्पादनहरुमा NS Letter of Appreciation बाट पनि सम्म्मानित भएको छ ।
प्रतिक्रिया