मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य भने स्थिर

४ बर्ष अगाडि

काठमाडौं-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९१ हजार ९०० रुपैंया कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैंया रहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
 
तेजावी सुनको मूल्य आज ९१ हजार ८०० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रही १ हजार २४० रुपैंयामा नै कारोबार हुने महासंघले जनाएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया