कच्चा तेलको मूल्य २०१४ यताकै उच्च, कति प्रतिशत ?

४ बर्ष अगाडि

एजेन्सी - कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च भएको छ । पूर्वी युरोप र मध्य पूर्वी देशहरुमा राजनीतिक उतारचढाब आउँदा यस्तो भएको हो । 

जनवरी महिनाको सुरुवातमा बे्रन्टले ७८.९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने फेब्रुअरी महिनाको सुरुवातमा आउँदा मूल्य वृद्धि भई ९१.१० अमेरिकी डलर प्रति ब्यारल भएको छ ।

त्यसैगरी महिनाको सुरुवातमा ७६.०८ डलर प्रति ब्यारलमा खरिद गरेको वेस्ट टेक्सास इन्टरमिडियट ९डब्लु टी आइ०ले ८९।५१ डलर प्रति ब्यारलमा खरिद गरेको छ ।

यो मूल्य सन् २०१४ यताकै उच्च रहेको छ । सन् २०१४ को अक्टोबर महिनामा ब्रेन्टले ९१.७० डलर प्रति ब्यारलमा कारोबार गरेको थियो भने डब्लु टी आइले ८८.८४ डलर प्रति ब्यारलमा खरिद बिक्री गरेको थियो ।

गत वर्षको फेब्रुअरी महिनाको तुलनामा यो वर्षको मूल्यमा १७ प्रतिशतले वृद्धि हुन पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया