नवलपरासी - नवलपरासीमा प्रहरीले १५ दिनको अवधीमा करिब १३ लाख ८३ हजार मुल्य बराबरको अवैध मालसामानहरु बरामद गरि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएका छन् ।
यस अवधिमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको २ लाख ५८ हजार १ सय ३० मुल्य बराबरको साडी, सुट लगायतका विभिन्न कपडा १५ सय किलोग्राम चिनी, २० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४ सय थान मोबाईल कभर लगायत विभिन्न मालसमान बरामद गरी आवश्यक कारबाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको छ ।
यसैगरि सामुदायिक वनबाट अवैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलेरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.एन. चोकबाट पक्राउ गरी कारवाहीको लागी सयपत्री सामुदायिक वन कार्यालय बर्दघाट पठाईएको छ ।
साथै सरावल गाउँपालिका वडा नं. ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्थलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० किलोग्राम झ्याउ र २१८० किलोग्राम सुनाखरी नामक जडिबुटी बरामद गरि जिल्ला वन डिभिजन कार्यालय नवलपरासी बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया