काठमाडौं - करिब एक किलो सुनहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका(३० पावर हाउसचोकबाट बिस्कुटको आकारमा रहेको उक्त सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनसहित फेला पारी रेशमलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए छ ।
प्रतिक्रिया