आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज अइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० ले घटेको हो ।  महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

गत शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया