एक सातामा ९०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा एक सातामा सुनको मूल्य एक हजार ९०० ले घटेको छ । 

गत आइतबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार सम्म आइपुग्दा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

अहिले सोहि मूल्यमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया