भारी मूल्यमा घट्न थाल्यो सुनचाँदीको मूल्य, कतिमा हँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार फेरी नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहिबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ९०० ले घटेको हो । हिजो पनि प्रतितोला ९०० रुपैयाँले नै घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो विहिबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया