काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा १५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् । उद्योग विभागका अनुसार ४५ वटा ठूला उद्योग, ५७ वटा मझौला तथा ५२ वटा साना उद्योगहरु दर्ता भएका हुन् ।
उक्त उद्योगहरुले कुल एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । गत वर्ष यो अवधिमा १ सय ३ वटा उद्योग दर्ता भएको थियो । गत वर्षको यसै अवधिको तुलनामा कुल ५१ वटा बढी उद्योग दर्ता भएका छन् ।
विभागका अनुसार २८ ठूला र ३६ वटा मझौला उद्योग बढी दर्ता भएका छन् भने गतवर्षको तुलनामा चालु वर्षमा साना उद्योगको दर्ता संख्या १३ वटा कम रहेको छ ।
प्रतिक्रिया