काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो बुधबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ९०० ले घटेको हो ।
हिजो प्रतितोला ४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो बुधबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया