आज पनि ४०० ले उकालो लाग्यो सुनको मूल्य, कति हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो मंगलबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया