लेखनाथ उद्योग वाणिज्य संघ : अहिले बतास समूहमाथि भएको प्रहार एकतर्फी

४ बर्ष अगाडि

लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायी आनन्दराज बतासमाथि राज्यले गरेको व्यवहार हुकुमी शासनको झल्को भएको बताएको छ । संघले अहिले बतास समूहमाथि भएको प्रहार एकतर्फी भएको जनाएको छ ।

संघका अध्यक्ष छत्रधर आत्रेयद्वारा जारी विज्ञप्तिमा सरकारका निकाय र निजी क्षेत्रबीच भएको सहमतिअनुसार बनाइएका संरचना एकपक्षीय रुपमा भत्काइनु र निष्पक्ष छानबिन नै नभइ व्यवसायीलाई दोषी देखाइएको भन्दै संघले आपत्ति जनाइएको छ।

साथै संघले विधिसम्मत स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउनु पर्ने आम नागरिकको संबैधानिक तथा कानुनी अधिकार माथि कहि कसैबाट प्रहार हुन नहुने समेत बताएको छ ।

घद्धारा जारी विज्ञप्तिमा, निष्पक्ष एवं निर्विवाद छानविन समिति बनाई न्यायपूर्ण विस्तृत अध्ययन अनुसन्धान गरि– के हुनु पर्ने हो ? के भएको हो ? को–को के कति दोषी छन् ? पत्ता लगाई उनीहरुको अपराधको आधारमा कानुन बमोजिम सजायको भागिदार बनाई प्रकृयावद्ध तरिकाले कारबाही अगाडी बढाउनु पर्नेमा एक हुकुमी शासन चलाए झै गरि एकतर्फी रुपमा एक पक्षलाई मात्र दोषी देखाई, न्यायपालिका आफै नै भए जस्तो गरि कानुनी राज्यको अपहेलना हुने गरेर भएका क्रियाकलाप प्रति यस संघ घोर आपत्ति प्रकट गर्दछ भनिएको छ ।

संघले सामाजिक हितको उद्देश्यले कुनै पनि ठाउँमा गरिएका कुनै पनि गतिविधिहरु राष्ट्रको तत्कालिन नियम कानुनको परिधिमा रहेर काम गरिएका हुन्छन् भन्ने बुझाई रहेको उल्लेख गर्दै राज्यका यस्ता गतिविधिले निजी क्षेत्र निरुत्साहित हुँदै लगानी पलायन भई राष्ट्रको समृद्धिमा समेत गम्भीर आघात पर्न सक्ने बताएको छ।


४ बर्ष अगाडि

प्रतिक्रिया