सुनको मूल्य तोलामा ५०० ले उकालो लाग्यो,चाँदीको मूल्य भने घट्यो

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदको मूल्य भने घटेको छ ।

हिजो (सोमबार) प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज प्रतितोला ९३ हजार ५०० रुपैंया रहेको छ । 

यस्तै, चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार १५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया