किन बढ्यो कच्चा तेलको मूल्य ?

४ बर्ष अगाडि

काठमाडौं - रुस र युक्रेनबीच चर्किँदै गएको द्धन्दका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझ बढेको छ । यी दुई राष्ट्रहरुबीचको टकरावका कारण आपूर्तिमा अवरोध सिर्जना हुँदा तेलको मूल्यदर वृद्धि भएको छ ।

सन् २०२२ को सुरुवातमा तेल निर्यातकर्ता देशहरुको संगठन ९ओपेक० ले प्रति दिन ४ लाख ब्यारल तेल रिलिज गर्ने सम्झौता गरेपछि तेलको मूल्य स्थिर रहने विज्ञहरुको अनुमान थियो ।

तर ओपेकले सम्झौता अनुरुपको आपूर्ति गर्न नसक्दा तेलको मूल्य वृद्धि भएको थियो । बढ्दै गएको रुस र युक्रेनबीचको र युएइ र यमनबीचको द्धन्दले गर्दा आपूर्ति अवरोध हुन गई तेलको मूल्य आकाशिएको छ ।

जनवरी महिनाको सुरुवातमा बे्रन्टले ७८।९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने अन्तिम हप्तामा आउँदा मूल्य वृद्धि भई ८७.५१ अमेरिकी डलर प्रति ब्यारल भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया