६ महिनामा २५ अर्ब ६२ करोड बढीको मोबाइल फोन नेपाल भित्रिए, कति थान ?

४ बर्ष अगाडि

काठमाडौं,चालु आर्थिक बर्ष २०७८/७९को ६ महिनामा २५ अर्ब ६२ करोड बराबरका मोबाइल फोन आयात भएको छ । 

चालु आवको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार २५ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ओटा मोबाइल भित्रिएका हुन् । भन्सार विभागको तथ्याङकले यस्तो देखाएको हो । 

गत आर्थिक २०७७/०८८को पुससम्म नेपालमा २० अर्ब ६३ करोडका रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।

चालु आवको ६ महिनामा चीनबाट मात्रै १५ अर्ब ४९ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको छन् भने भारतबाट ९ अर्ब ५० करोड र भियतनामबाट ७८ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको ६ महिनमा भित्रिएका मोबाइलबाट सरकारले चार अर्ब पाँच करोड राजस्व संक‍लन गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया