व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६।६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो । 

यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । 

गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढी हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया